गौरीगँजमा स्वास्थ्य बीमा कार्यक्रम शुरुवात

२७ भदौ झापा । ईलाम बाग्लुङ र कैलाली पछी नेपाल सरकारले यो बर्ष देखि झापामा समेत स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछी झापाको गौरीगँज गाउपालिकामा समेत यो कार्यक्रम शुरुवात भएको छ । गापाका सम्पुर्ण वडाहरुमा स्वास्थ्य बीमा दर्ता सहयोगीहरुको छनौट भई सकेपछी यो कार्यक्रम शुरु भएको हो ।

कार्यक्रम शुरुवातको पुर्व सन्ध्यामा वडा नँ ३ र ४ मा आज यस सँवन्धी अभिमुखि कार्यक्रम समेत सँचालन गरिएको थियो । रु २ हजार ५ सय तिरेर ५ जना सदस्यका एक परिबारले एक बर्षका लागि गर्न सकिने यस बीमा कार्यक्रममा सो परिबारले एक बर्ष सम्म नेपाल सरकारले तोकेका स्वास्थ्य सँस्थाहरुबाट रु ५० हजार बराबरको औषधोपचार निशुल्क पाउने ब्यवस्था छ ।

वडा नँ ३ का वडाध्यक्ष मखना महतोको अध्यक्षतामा भएको सो अभिमुखिकरण कार्यक्रममा बोल्दै गापाका प्रमुख बाबुराजा श्रेष्ठले सबै गाउबासीहरुलाई स्वास्थ्य बीमा गर्न आग्रह गरेका छन् । उनले अत्यन्तै गरिब परिवारका लागि गाउपालिका मार्फत नै स्वास्थ्य बीमा गरिदिने ब्यवस्था मिलाउन पहल गर्ने कुरा समेत बताए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |