सरसफाई सचेतनाकालागि कोरोबारीमा बाल क्लब
मदन राजवँशी मनप्रीत
गौरीगँज । स्कुले बालबालिकाहरुलाई सरसफाई प्रति अभिप्रेरित गर्न र सचेतना जगाउन कोरोबारीका सम्पुर्ण बिद्यालयहरुमा बाल क्लब गठन गरिएको छ ।
सगरमाथा सामुदायिक बिकास केन्द्रको पहलमा गठन गरिएका सो क्लबहरुमा जनकल्याण प्रावि मा विजय मुर्मु, जनता निमाविमा गँगा ताजपुरिया , शिशुकल्याण प्राविमा अनुप नेपाली, आदर्श माविमा मोहम्मद ईलियास र आमगाछी प्राविमा माईको सोरेन को नेतृत्वमा क्लब गठन गरिएको छ ।
सगरमाथा सामुदायिक बिकास केन्द्र कि ज्ञानु राजवँशीका अनुसार गठन गरिएका यि बाल क्लबहरुले सरसफाई र अन्य क्षेत्रहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने र यस किसिमको काम बाट उनिहरुको ब्यक्तीत्वको समेत बिकास हुने कुरा बताएकि छिन् ।
गठित प्रत्येक बाल क्लब हरुलाई रु ४ हजार सगरमाथा सामुदायिक बिकास केन्द्रले र ४ हजार रुपैया बिद्यालय ब्यबस्थापन समितीले आर्थिक श्रोतका रुपमा उपलब्ध गराउने छ ।



