भोलिदेखि गौरीगँजका सबै कर्मचारी र शिक्षकहरुको तलब निकासा हुने
२८ भदौ गौरीगँज । गाउसभा सँचालन हुन नसक्दा आर्थिक गतिबिधि ठप्प भएपछी मारमा परेका गौरीगँज भित्रका सबै शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको तलब भोलिदेखि निकासा हुनेभएको छ ।
नेपालीहरुको महान चाड दशै र तिहार घरघरमा आईपुगेको अबस्थालाई मध्यनजर गरि आज बसेको गौरीगँज गापाको कार्यपालिकाको बैठक ले सबै कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुको तलब निकासा गर्ने निर्णय गरेको हो ।
बैठक सकिए लगतै खबर गौरीगँजसँग कुरा गर्दै गापा प्रमुख बाबुराजा श्रेष्ठले गाउसभा चल्न नसकेको बेला गाउपालिका भित्रका सबै शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई दसैको मुखमा मार्का नपरोस भन्ने हिसाबले आजको बैठकले यो निकास निकालेको जानकारी गराए ।



