मास्केको नया म्युजिक भिडियोको फर्स्ट लुक सार्वजनिक

३१ भदौ गौरीगज । झापाली गायक रमेश मास्केको नया गीत "लाग्छ कि त नजर" को म्युजिक भिडियोको फर्स्टलुक आज सार्वजनिक गरिएको छ । मधुकृष्ण पन्तको शब्द र मास्केकै सँगित रहेको यस गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका छन् । भने म्युजिक भिडियोमा पुष्प खड्का र सोना लिम्बुले मोडलिङ गरेका छन् । म्युजिक भिडियोलाई भने विभोर पोख्रेलले निर्देशन गरेका छन् ।

गायक रमेश मास्केले खबर गौरीगँजलाई दिएको जानकारी अनुसार गीतको म्युजिक भिडियो तयार भई सकेको र सँभवत: सोमबार नै विभिन्न राष्ट्रिय टेलिभिजनहरुबाट म्युजिक भिडियो सार्बजनिक गरिने छ ।

यस गीतमा रमेशलाई आलम बँगालीले समेत आफ्नो स्वरले साथ दिएका छन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |