मेलिना राई र एलिशा राईको "गाउँकी गोरी" २ दिनमै एक लाख पटक हेरियो

गौरीगन्ज | चर्चित गायिका मेलिना राईको ‘माया’ एल्बममा समावेश ‘गाउँ की छोरी’ बोलको नयाँ गीत बुढा सुब्बा डिजिटल प्रा लि ले आफ्नो यु-टुब च्यानल मार्फत सार्वजनिक गरेको छ । यस गीतलाई सार्वजनिक गरीएको २ दिनमै १००,२३८ पटक यु-टुबमा हेरिएको छ ।

यस गीतमा गायिका मेलिना राई स्वरमा, माया मगरको शब्द र उत्तम जंग लिम्बुको संगीत रहेको छ ।

यस गीतको म्युजीक भिडियोलाई कलम राईले निर्देशन गरेका छन् भने उक्त भिडियोमा अहिलेकी चर्चित मोडेल एलिशा राई र गायिका राईलाई फिचरिङ गरिएको छ । सौरभ लामाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |