चलचित्र "लिला" आजबाट देशभरका हलमा प्रदर्शन
गौरीगन्ज | नेपाली कथानक चलचित्र "लिला" आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतीकर्ता कृष्ण प्रसाद दंगाल हुन्।
रमेश कोइराला निर्देशित सस्पेन्स थ्रिलर लव स्टोरीले सिस्टम ह्याक सम्बन्धि कथालाई जोडेको छ । लक्ष्मण बस्नेत र विमला घिमिरे (दंगाल) निर्माता रहेको यो चलचित्रको कथा लक्ष्मण बस्नेतले लेखेका छन् । कार्यकारी निर्माता सी पी पौडेल रहेको चलचित्रमा कृष्णहरि बरालको गीत, शिव ढकालको छायांकन, अष्ट महर्जनको द्वन्द, सुवाश देवकोटाको सम्पादन समावेश छन् ।
यस चलचित्रमा नवनायक राज कटुवालको साथमा संचिता लुईंटेल, मेलिना जोशी, देवीराम पराजुली, सी.जे. एन. घिमिरे, सुष्मिता कार्की, पंकज बास्तोला, मुकुन्द किशोर भट्टराई निस्तेज निरौला, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको मुख्य भूमिका छ ।
भिडियो हेर्नुहोस ।
भिडियो हेर्नुहोस ।



