अनेम सँघमा दुर्गा ढुँगाना

३० भदौ, झापा | अखिल नेपाल महिला सँघको गौरीगँज गापाको वडा नँ ५ र ६ को वडा स्तरिय गाउ कमिटीमा दुर्गा ढुँगानाको नेतृत्वमा नया कमिटी गठन गरिएको छ । क । लीला कट्टेल (कार्की) को प्रमुख आतिथ्य र मनिका राईको अध्यक्षतामा बसेको अनेम सँघको आजको भेलाले सो कमिटी गठन गरेको हो । कमिटीमा मैया देवी थपलिया उपाध्यक्ष, जानुका कटवाल सचिव र शिला राई सचिब मा चयन भएका छन् । त्यसै गरि सदस्य हरुमा क्रमश राधा घिमिरे , राजकुमारी महतो, पवित्रा ढकाल सिता पाण्डे , अस्मिता ढुँगाना पुष्पा ढकाल, निता कोईराला, विष्णु श्रेष्ठ, तुलसा ढकाल, सिता न्यौपाने, उमा दाहाल र गँगा ठटाल रहेका छन् ।

यस कमिटीमा आदिवासी महिलाका तर्फबाट अझ एक जनालाई सर्वसम्मतीबाट मनोनित गरिने कुरा अध्यक्ष दुर्गा ढुँगानाले बताएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |