आठमौजा सहकारीमा अभिमुखिकरण तालिम
२६ ।असोज झापा । गौरीगँज ६ खजुरगाछी स्थित आठमौजा सहकारी सँस्थाले आज आफ्ना सदस्यहरुका लागि सदस्य तथा बीमा अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । शिक्षा तथा सामाजिक कार्य उपसमिती सँयोजक केदारनाथ रिमालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष अर्जुन दँगालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको सँचालन नगेन्द्र कुमार ढकालले गरेका थिए भने सो प्रशिक्षणमा जम्मा ९४ जना सदस्यको उपस्थिती रहेको थियो ।



