काली मन्दिरमा लाखौको चोरी । शँकास्पद २ व्यक्ती पक्राउ
२६ असोज गौरीगँज । मँगलबार राति गौरीगँजमा एकै रात चार ठाउ चोरी भएको छ । चोरले सबै भन्दा बढी धनमाल गौरीगँज ३ स्थित काली मन्दिरबाट चोरेको कुरा काली मन्दिर व्यवस्थापन समितीका देवी राजवँशीले बताए । उनका अनुसार मन्दिरमा काली मातालाई चढाईएको ५० तोला चादी आधा तोला सुन र दान पेटीकाबाट लगभग २५ हजार नगद चोरीएको हो ।
सोहि रात चोरले गौरीगँज चोक स्थित मोवाईल जोन नामक मोवाईल पसलमा समेत फोडेर चोरी गरेको र पानी ट्याङ्की छेउको चिउरा मील र नजिकैको एउटा पसलमा समेत चोरीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय गौरीगँजले जनाएका छन् ।
ईप्रका गौरीगँजले सँकास्पद दुई जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । ईप्रका गौरीगँजका ईन्सपेक्टर नारायण गौतमका अनुसार चोरिएका सामानहरु र चोरहरुको खोजि कार्य भई रहेको जनाएका छन् । उनले बजार क्षेत्र र आसपासको सुरक्षा अबस्था अझ बलियो बनाउने कुरा समेत बताएका छन् ।



