गौरीगँज गापामा नया अधिकृत (प्रोफाईल)
मदन राजवँशी मनप्रीत
दशै अगाडिनै पहिलेका कार्यकारी अधिकृत सुरेन्द्र थापामगर सरुवा भएर गएपछी आज गौरीगँज गाउपालिकाका लागि नया कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पोखरेल न्युक्ति हुनु भएको छ ।
उहा आजैबाट गौरीगँज गाउपालिकामा हाजिर हुनु भएको छ । हाल बिराटनगर निबासी पोखरेल पाचथरको ओयाङमा जन्मिएका हुन् । महेन्द्र मोरँग बहुमुखि क्याम्पसबाट ब्यवस्थापन बिषयमा स्नातक गरेका पोखरेलले २०५५ साल चैतमा नायब सुब्बाका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए भने उहाको पहिलो कार्य क्षेत्र उदयपुर जिबिस तोकिएको थियो ।
२०६९ सालमा शाखा अधिकृतमा बडुवा भएपछी उहा सुनसरीको नमुना गाविस पानबारीमा खटिनु भएको थियो । गौरीगँज सरुवा भएर आउनु अघि उहा पछिल्लो पटक बाराको महागढी नगरपालिकामा निमित्त कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनु हुन्थियो । खबर गौरीगँज परिवार उहाको कार्यकालको सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछ ।



