गौरादह अडिसनमा ट्यालेन्टको भिड
मदन राजवँशी मनप्रीत
२१ असोज झापा । सवाल नेपाल दमकले पुर्वाञ्चलका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरेको रियालिटी शो रमपम स्कुल ट्यालेन्ट हन्ट को गौरादहको सेकेन्ड राउन्डको अडिसनमा ट्यालेन्ट विद्यार्थीको भिड लागेको थियो । दोस्रो अडिसनका लागि आएका मध्ये अधिकाँश कन्टेस्टेन्ट थर्ड राउन्ड का लागि सेलेक्सनमा परेका छन् ।
स्थानिय सनराईज डान्स सेन्टरमा भएको सेकेन्ड राउन्डको अडिसनमा डान्स तर्फ अस्मी तामाङ्, अमन दास, भुमिका सिवा, यास्मीन वस्नेत, सुमिरा श्रेष्ठ, आयुशा लिङ्देन्, रेजिना बारकोटी, र सिमरन भारती छानिएका छन् भने गायन तर्फ आयुशा हेमाङ्, सिद्धान्त ढुँगाना, जापान तामाङ्, सँजिल निरौला, कृतिषा भण्डारी दिक्षा बारकोटी, र अविरल बिकल छनौटमा परेका छन् । त्यसै गरि अभिनय तर्फ करिना वस्तोला र अग्रिना पराजुली अनि कबिता तर्फ मऩिशा कठायत र पुजा चौलागाई छानिएका छन् ।
उद्घोषण कला का कन्टेस्टेन्ट जेनिशा भण्डारीले भने छनौटमा पर्नुका साथै यस शो का विजेताहरु सँग पुर्वाञ्चल टुरमा जाने अबसर पाएकी छिन ।
असोज २८ गते यस शो को तेस्रो राउन्ड अडिसन दमकमा हुदैछ ।



