गौरीगँज गापाले आज गाउँसभाको मिती तय गर्ने

गौरीगँज । १२ कार्तिक । जनप्रतिनिधि निर्वाचित भएको तिन महिना बितिसक्दा समेत गाउसभा बस्न नसकेका कारण सर्वत्र आलोचना हुन थालेपछी आज गौरीगँज गाउपालिकाले कार्यपालिकाको बैठक बोलाएको छ । आज मध्यान्ह बस्ने भनिएको गाउँ कार्यपालिकाको बैठकले कार्तिक महिना भित्रै गाउसभा बस्ने गरि सहमती गर्ने श्रोतको दावी छ । "सँभवत: हामी आजकै बैठकबाट गाउसभाको मिती समेत तोक्छौ" - कार्यपालिकाका एक सदस्यले भने ।

गाउपालिकाले गत साउन २७ गते नै गीउसभा डाकेको थियो तर गापाको उप समितीले निर्धारण गरेको निती तथा कार्यक्रमका केही बुदामा तथा छ वटा समितीको सँयोजक को बस्ने भन्ने कुरामा चित्त नबुझे पछी अन्तिम समयमा आएर १३ जना कार्यपालिका सदस्यले अबिरल झरी र प्रतिकुल मौसमको कारण देखाउदै गाउसभा स्थगित गरिपाउ भनि निबेदन दर्ता गराएका थिए ।

तत्पश्चात गाउसभा बस्न नसक्दा गौरीगँजका गापाको योजना तथा बिकासले गति लिन सकिरहेको छैन । निति तथा कार्यक्रम तय नहुदा गापाका जन निर्वाचित सदस्यहरुले कुनै काम नै गर्न पाएका छैनन् । बिकासको कामले गति नलिदा यसपालि गौरीगँज गापामा आएको २७ करोड हाराहारीको बजेट समेत फ्रिज भएर जाने हो कि भन्ने शँका आम जनमानसमा फैलिन थालेको छ ।गाउपालिका कै एक कर्मचारी भन्छन् - यो आर्थिक बर्षको पहिलो चार महिना त्यसै अलमलअलमल मा बित्यो अब कहिले योजना बनाउने ? कहिले काम गर्ने ?"

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |