महतो समाजद्वारा तीस प्रिन्ट रगत सँकलन

३० असोज गौरीगँज । महतो समाज कल्याण परिषदले तिहारको उपलक्ष्यमा गौरीगँजमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा तिस प्रिन्ट रगत सँकलन भएको छ । उक्त कार्यक्रममा समाजका सदस्य, सुरक्षाकर्मी, ब्यापारी, महिला तथा स्थानिय बासीहरुले रक्तदान गरेका थिए । रेडक्रस सोसाईटी दमक शाखाको प्राविधिक सहयोगमा गरिएको सो कार्यक्रमलाई स्थानीय ब्यापारी तथा पेसाकर्मीहरुको सहयोग रहेको थियो ।

महतो समाजले आजै तिहारको उपलक्षयमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । गौरीगँज गापा प्रमुख बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्य र समाजका अध्यक्ष मखना महतोको सभापतित्वमा भएको सो कार्यक्रममा स्थानीय बिद्यालयका बिद्यार्थीहरुले बिबिध प्रस्तुती देखाएका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |