मेनुका पौडेल ग्वालडुब्बा आउदै ।
गौरीगँज । नेपाल आईडलमा कोईली देवीको उपनामले चर्चीत तथा टप टेन भित्र पर्न सफल गायिका मेनुका पौडेल आफ्नो प्रस्तुती दिन कार्तिक १ ।गते झापाको ग्वालडुब्बा बजार आउने भएकि छिन् ।
ग्वालडुब्बा बजार ब्यवस्थापन समितीको उपसमिती द्वारा बजार सरसफाई तथा ब्यबस्थापन सहयोगार्थ आयोजना गर्न लागिएको बृहत देउसी भैलो कार्यक्रममा मेनुका पौडेल सँगै गायक नविन खड्का र फेका गिरीको समेत प्रस्तुती रहने कुरा कार्यक्रम सँयोजक राज बस्नेतले बताए । कार्यक्रममा दमक कला केन्द्रका डान्सरहरुका साथै अन्य स्थानीय कलाकार हरुको समेत प्रस्तुती रहने छ ।
सोहि दिन बिभिन्न बुद्धीजिवि तथा नागरिक अगुवाहरुको समेत सम्मान गरिने कुरा समेत आयोजकले खबर गौरीगँजलाई बताएका छन् ।



