गायिका प्रमिला राईको "सोल्टीज्यु" बोलको गीत सार्वजनिक

गौरीगन्ज | नेपाल आईडल टप ७ मा पर्न सफल गायिका प्रमिला राई र नेपाल तारा सिजन ३ को फस्ट रनरअप गायक देबेश राईको पुर्बेली भाकाको "सोल्टीज्यु" बोलको गीतको म्यूजिक भिडियो हाईलाइट नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गायिका प्रमिला राई र गायक देबेश राईको समधुर अवाजमा रहेको उक्त गीतको रचना राम रेप्चुंग राईले गरेका हुन् भने संगीत गायक स्वयम देबेश राईले दिएका छन् ।

यस गीतको म्युजिक भिडियोमा उल्सन बिक्रम राई र रेखा फागोलाई किराती भेषभूषामा निर्देशक य. पी. सुब्बा नचाएका छन् । उक्त गीतको दृश्यलाई राम कुमार के.सी.ले क्यामेरामा कैद गरेका छन् भने यसलाई सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |