बिर्तामोडमा झनै तनाव , प्रहरीको गोली लागेर एकको मृत्यु
बिर्तामोड । बिहानै देखी तनावग्रस्त बिर्तामोड अझै शान्त हुन सकेको छैन । भरखरै प्राप्त जानकारी अनुसार प्रहरीको गोली लागि एक जानाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा १ का ३० बर्षिया नरेश थापा रहेको जनाईएको छ । अन्य ७ जना घाईते भएका छन ।
बिर्तामोडमा स्थानिय प्रशासनले दिउसो साढे १ बजेदेखी अनिश्चीतकालीन कर्फ्यु आदेश जारी गरीएको छ ।
झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै स्थानीयबासीले निकालेको विरोध र्यालीलाई प्रहरीले हस्तक्षेप गरेपछि बिर्तामोड तनावग्रस्त बनेको हो ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन पछिल्लो पटक १८ राउण्ड हवाइ फायर गरेको छ । यस्तै दर्जनौ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रदर्शनकारीले नगर प्रमुख धुर्ब सिवाकोटीको मे १ ज १२१ र बा १० च ३०६१ नम्बरको गाडीमा ढुंगामुडा गरेका छन् । यस्तै मे १ च ९४३ नम्बरको एउटा एम्बुलेन्स पनि तोडफोड गरेका छन् । प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बिहानै देखी ढुङ्गामुडा प्रहार गरेका छन् ।
उग्ररुपमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीले सञ्चारकर्मीमाथि दुब्र्यवहार समेत गरेका छन् । प्रर्दनकारीले हिमशिखरकर्मी शिशिर चम्लागाई माथि । ।समेत दुब्र्यवहार गरेका छन् ।
मुख्य चौकमै प्रदर्शन भइरहेकाले पुर्ब पश्चिम राजमार्ग समेत ठप्प भएको छ । आज बिहानैदेखि बिर्तामोड वरपर भेलाभएका मृतकका आफन्त र सर्वसाधारणलाई प्रहरीले बलपूर्वक गिरफ्तार गर्न थालेपछि स्थानीयले सडकमा बिरोध प्रदर्शन थालेका हुन् ।
बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै आजका लागि बिर्तामोड बजार बन्द गरेर प्रहरी प्रशासनको ध्यानाकर्षण गराउने कार्यक्रम हिजै सार्वजनिक भएको थियो । बालकको हत्या भएको २४ दिन बित्दा समेत प्रहरीले घटनाको वास्तविकता सार्वजनिक नगरेको भन्दै आपन्त र स्थानीयबासीले विरोध थालेका हुन् ।
विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई तितर वितर पार्न बिहानै पनि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा बर्साएपछि प्रहरीका तर्फबाट हवारफायर गरिएको प्रहरीको दावी छ । अहिले बिर्तामोडको मुक्तिचोक वरपर सयौंको संख्यामा मानिसहरु भेलाभएका थिए ।
श्रोत - हिमशिखर



