रमपम स्कुल ट्यालेन्ट हन्टको सेकेन्ड राउन्डमा छानिए गौरीगँजका दर्जन बिद्यार्थी

१९ असोज झापा । गौरीगँजमा आज सम्पन्न रमपम स्कुल ट्यालेन्ट हन्टको सेकेन्ड अडिसनमा गौरीगँजका विभिन्न स्कुलका दर्जन बढि बिद्यार्थी छानिएका छन् । नृत्यमा श्रीप्रभा बराल, गायत्री बिस्ट, भानुजा ताजपुरिया, सोनु मादेन, सुमन राणामगर, अजय ताजपुरिया, ओजस्वी सेढाई, सन्ध्या साह, र निशा राजवँशी छानिएका छन् भने पेन्टिङ मा निहारिका श्रेष्ठ र नेहा साह छानिएका छन् भने मोडलिङ तर्फ निरुता राजवँशी छानिएकि छन् । त्यसै गरि गायन तर्फ अभिनाश कार्की र राजन सुवेदी छनौटमा परेका छन् ।

आज छनौटमा परेका विद्यार्थीहरुले आउदो असोज २८ गते दमकमा हुने तेस्रो अडिसन राउन्डमा भाग लिन पाउने छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |