पढदै, अघि बढ्दै - नेप्लीज टिन्स
मदन राजवँशी मनप्रीत । त्यसो त अचेलका टिन एजर्सहरु कि त फेसबुक ट्वीटर जस्ता सामाजिक सँजाल र ईन्टरनेटमा समय बरबाद गरिरहेका हुन्छन् कि त लव ट्राजेडी जस्ता बकमफुसे कुरामा अलमलिएका हुन्छन् । कुनै कुनै टिनएजर्सहरु पढन्ते हुन्छन् उनिहरुलाई बाहिरी दुनियाको कुनै हालखबरै हुदैन । टिनएजरहरुको यो माहौलमा गौरीगँजका लगभग चार दर्जन टिनएजर्सहरु भने अहिले फरक धारबाट समाज सेवा जस्तो जटिल क्षेत्रमा हाम फाल्दै छन् ।
कोही स्कुल पढ्ने छन् त कोही प्लस टु पढ्ने छन् । स्कुल कलेज पढ्ने भरखरका यि गौरीगँजे ठिटाठिटीहरु "नेप्लीज टिन्स" का नामले सँगठित भएर समाज सेवामा होमीएपछी गौरीगँजका मुल धारका निकम्मा युवा र नेताहरुको गालामा चुनौतीको झापड लागेको छ ।
त्यसो त अहिले सम्म गौरीगँजका मुल धारका क्लब, सँगठन र सामाजिक सँस्थाहरु गाउबासीहरु सँग मनपरी चन्दा वसुली गर्दै धार्मीक अस्टजाम पुराण र सँस्कृतीको नाममा छाडा कार्यक्रम जस्ता गैरआर्थिक र एक्काईसौ सताब्दीलाई असुहाउदो काम गरि रहेका छन् । तर गौरीगँजका यि अल्लारेहरुको नेप्लीज टिन्स समुहले स्थापनाको दिन देखिनै सरसफाई र जोखिम रेस्क्यु जस्ता समय सुहाउदा काम गरेर यहाका मुल धारका सँस्थाहरुलाई गतिलो किक हानि सकेका छन् ।
असोज २७ गते स्थापना कै दिन यिनीहरुले गौरीगँज बजारको सरसफाई मात्र गरेनन् , गौरीगँजलाई प्रत्येक शनिवार सरसफाई गर्ने अभिभारा बोक्ने घोषणा समेत गरे । त्यति मात्र होईन आफ्नो स्थापना तेस्रो दिन यो समुहले एउटी सुत्केरी महिलाको उद्दार गरि रगत डोनेशन गरि ज्यान जोगाउने समेत काम गरे ।
समुहकि एक सदस्य सँस्कृती श्रेष्ठ भन्छिन - अबका युवाहरु पछौटे प्रबृतीको काममा लाग्नु हुदैन । हामीले रचनात्मक र मानविय सम्वेदना बोकेका बिकासशील कामहरु गर्नु पर्छ । अर्की सदस्य नेहा दास भन्छीन् - अबका हरेक युवा पुस्ता समाज सेवामा लाग्नु पर्छ ।
उमेरले साना भएपनि यी गौरीगँजे ठिटाठिटी हरुको सोच र नेतृत्व साना छैनन् । यिनीहरुको आट लाई गौरीगँजबासीले सलाम गर्नै पर्छ ।
नेप्लीज टिन्स, पढ्दै अघि बढ्दै र सिक्दै गौरीगँजका मुलधारे सँस्थाहरुलाई केही सिकाई रहेका छन् । अत : यिनीहरुको हौसलालाई कायम राख्न हामी गौरीगँजेहरुले यिनीहरुको होस्टेमा हैसे गर्ने की ?



