साना किसान कृषी सहकारीको खुद नाफा १९ लाख ५० हजार

३१ असोज झापा । गौरीगँज साना किसान कृषी सहकारी सँस्थाले स्थापनाको छोटो समयमा नै १९ लाख ५० हजार रुपैया खुद नाफा कमाउन सफल भएको छ । मँगलबार सँस्थाको बसेको साधारण सभामा प्रस्तुत लेखा समितीको प्रतिबेदनमा सो कुरा उल्लेखित छ ।

सँस्था की अध्यक्ष देबीमाया खतिवडाको अध्यक्षता र गौरीगँज गापाका प्रमुख बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको साधारण सभामा लेखा समितीको प्रतिवेदन , लेखा समितीकि सँयोजक हेमा आचार्यले प्रस्तुत गरेकि थिईन् भने आर्थीक बर्ष ७४- ७५ का लागि प्रस्तावित निती तथा कार्यक्रम सँस्थाका प्रबन्धक डम्बर बस्नेतले प्रस्तुत गरेका थिए ।

सँस्थामा हाल ६ पुरुष सहित जम्मा ६ सय २४ सेयर सदस्य रहेका छन् भने १ सय ११ समुह निर्माण गरि आर्थीक कारोबार गरिरहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |