गौरीगँजका दुइ सय जना काँग्रेसमा प्रवेश

गौरीगँज । मँसिर ५ । प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा गौरिगँजमा पार्टी परिवर्तनको लहरपनि तिव्र गतिमा चलिरहेके दिखन्छ । आज गौरीगँजमा अयोजित नेपाली काँग्रेसको कोणसभामा अन्य दल परित्याग गरि करिव दुइ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पुरानो दल परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेमा राप्रपामा उतम दास र विशाल दास रहेका छन् । त्यसै गरि अन्य दल परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नेमा अमरकान्त झा, दिल वहादुर कटवाल, विकास कटवाल, सरिता कटवाल, प्रदिप कटवाल, गितादेवी दास, कुनाल दास, शेभा दास, मनिसा दास, कुशल महतो, लिला महतो, रमिता झा, प्रकाश झा, उमेश साह, रेखा साह, दिपक साह, रुवि साह, नसिरउद्दिन, केदारमान श्रेष्ठ, सन्तोष साह, नुरजान खातुन मैनुदिन, रुपक कर्ण, रेणु कर्ण, दिपक कर्ण, दिपेश सिँह, रमिना श्रेष्ठ, सिर्जना सिँह, राम चन्द्र सरदार, राधा देवी सरदार, कैसर मिया, नरेश महतो लगायत लगभग दुइ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

पार्टिका नव प्रवेशी सदस्यलाइ झापा क्षेत्र नँ ५ का प्रतिनिधि सभा उम्मेद्वार डा खगेन्द्र अचार्य र प्रदेश सभा क का उम्मेद्वार अनिल कृष्ण प्रसाइले फुलमाला अविर र खादा अढाएर स्वागत गरेका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |