श्याम ढकालले बीच चोकमै वडाध्यक्षहरुको सात्तो लिएपछि
मदन राजवँशी मनप्रीत
गौरीगँज । ५ मँसिर । गौरीगँज गाउपालिकाले गाउँसभा बस्न नसकेको अबस्थामा कुनै विकासको योजना बिना नै वडाध्यक्षहरुले अफ्नालागि मोटर साइकल किन्ने निर्णय गरेकेमा एमाले नेता श्याम ढकालले कडा आलोचना गरेका छन् ।
गौरीगँज चोकमा आयोजित चुनावी कोण सभामा बोल्दै उनले सो कुराको आलोचना गरेका हुन् । सभामा बोल्दै उनले –जनताले विकासको थोरैपनि प्रत्याभुति गर्न नपाएको बेला काँग्रेसको बहुमत भएको बडाध्यक्षहरुले आफ्नालागि मोटर साइकल किन्न गरेके निर्णय अराजकताको नमुना भएको बताए । “विकासका कामका लागि आवश्यक गाउसभा बस्न चाहि सल्लाह नमिल्ने विलासिताको सामान किन्न चाहि एकै छिनमा सल्लाह मिल्ने ? उनले प्रश्न गरे ।
गत कार्तिक १४ गते गौरीगँज गाउकार्यपालिकाको बैठकले प्रत्येक वडा कार्यालयकालागि १–१ थान मोटर साइकल खरिद गर्ने निर्णय गरेका थिए । सोहि बैठकमा वडा सदस्य हरुलाइ समेत न्युनतम पाच हजार सम्म मासिक तलवको व्यवस्था हुनुपर्ने माग गिरएको कुरा श्रोतले वताएके छ । तर नियमावलिमै सदस्यहरुले तलव नपाउने केवल वैठक भत्ता स्वरुप प्रत्येक बैठकको रु १ हजा मात्र पाउने व्यवस्था रहेकोले सो निर्णय पारित हुन सकेको थिएन ।



