चौकी उद्घाटनमा न्यौपाने सम्मानित

महाभारा सम्वाददाता

कोरोबारी ७ ।मँसिर । गौरीगँज २ कोरोबारी स्थित २ तल्ले प्रहरी चौकी भवनको आज डिआईजि ज्ञान बिक्रम शाहले बिधिवत रुपमा उद्घाटन गरेका छन् । पुरानो कच्ची भवन बाट गत वैशाखमै चौकी नया भवनमा सरेपनि त्यसको औपचारिक उद्घाटन हुन सकेको थिएन । उद्घाटन समारोहमा जग्गादाता स्थानीय श्रीप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ ।

साविक कोरोबारी ५ का समाजसेवी न्यौपानेले २०२७ सालमा प्रहरी चौकी बजार र मन्दिर निर्माणका लागि हालको मुल्याँकन अनुसार रु ६० लाख बराबरको १० कट्ठा ५ धुर जग्गा दान गरेका थिए । भने प्रहरी चौकिका लागि १५ लाख बराबरको २ कट्ठा ५ ।धुर जग्गा दान दिएका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |