आठमौजा साकोसको नवौ वार्षिकोत्सबमा डा । जोशी सहित दर्जनौ व्यक्ती सम्मानित
गौरीगँज ८ मँसिर । खजुरगाछी स्थित आठमौजा सहकारी सँस्थाले बनभोजको आयोजना गरि आफ्नो स्थापनाको नवौ वार्षिकोत्सब मनाएको छ । सो अबसरमा सँस्थाले बिभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जनौ सेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए वापत सँस्थाले नाक कान तथा घाँटी रोग विशेषज्ञ डा प्रेमिल जोशीलाई अरुण स्मृती सहकारी सम्मान ले सम्मानित गरेको छ भने उमानाथ भण्डारी, हरि कुमार राई र डोमन प्रसाद राजवँशीलाई आठमौजा सहकारी सम्मान ले सम्मानित गरेको छ ।
त्यसै गरि सो सहकारि ले नन्द कुमारी श्रेष्ठ, चन्दन दास, किशोर महतो, मुकेश साह, निकेश बावु राजवँशी र गणेश बुढाथोकीलाई समेत विभिन्न सम्मानले सम्मानित गरेको छ ।
सँस्थाले खजुरगाछी माबि कि कुसुम गोस्वामी, ज्ञानकुञ्ज एकेडेमी कि समिक्षा दर्नाल र देवकोटा माबि कि प्रतिक्षा घिमिरेलाई छात्रबृती प्रदान गरेको छ भने ५० जना विद्यार्थी लाई स्कुल ब्याग समेत वितरण गरेको छ ।
गौरीगँजका ईलाका प्रसाशन अधिकृत यज्ञ प्रसाद आचार्य को प्रमुख आतिथ्यमा सम्पन्न बार्षिकोत्सबमा बिभिन्न रमाईला खेलहरु समेत खेलाईएको थियो ।



