बल बहादुरको नयाँ म्युजिक भिडियोमा भीमफेदि गाईज

मदन राजवँशी मनप्रीत

गौरीगँज । ८ मँसिर । प्राय कोच भाषि गीतहरु गाएर चर्चा कमाएका झापाली गायक बल वहादुर राजवँशीको नया नेपाली गीत, "यसपालि त विहे गर्ने हो" को म्युजिक भिडियो चाँडै नै बजारमा आउने भएको छ ।

राजु वाबु श्रेष्ठको शव्द र हरि लम्सालको सँगित रहेको उक्त गितको म्युजिक भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् भने उक्त म्युजिक भिडियो युट्युबमा निकै चर्चित भिमफेदि गाईजसँग एलिसा राई र सुशिला निरौलाको अभिनय हेर्न सकिने छ । म्युजिक भिडियोको सुटिङ सकिएको र अबको दस दिन भित्र नै भिडियो सार्वजनिक गरिने कुरा गायक बल बहादुर राजवँशीले खबर गौरीगँजलाई बताएका छन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |