एमाले अध्यक्ष ओलीको कै घरमा बम
दमक,९ मंसिर | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकमा रहेको घरमा आज बिहान बम विष्फोटन भएको छ ।
/p>
दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको सो घरको मूल गेटमा आज विहान करिब ४ बजे बम विष्फोटन भएको प्रहरीले जनाएको छ । मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
/p>
त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा विष्फोटन भएको प्रहरीले जनाएको छ । थापाको घरमा गएराति १२ बजे बम विष्फोटन भएका प्रहरुलिे जनाएको हो । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा ७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।



