छैन गौरीगँजमा चुनावी रौनक

मदन राजवँशी मनप्रीत, गौरीगँज |गत असारमा स्थानीय निकायको चुनाव हुदा विभिन्न पार्टीके झण्डाऽ नारा जुलुस र चहलपहलले झापाको पुरानो बजार गौरीगँज गुल्जार बनेके थियो । चोकमा एउटा पार्टीले माइकिँग गरेर जाने वितिकै अर्को पार्टीको गाडी आएर हल्ला गर्न थालि हाल्थ्यो । गौरीगँजमा आम बजारबासीहरुमा समेत त्यस वेला एक किसिमको चुनावी उत्साह देखिएको थियो । एक हिसाबले भन्नु पर्दा त्यस वेला दलहरुले गौरीगँज बजारमा कोलाहल नै मच्चाएको थियो ।

स्थानीय निकायको चुनाव सम्पन्न भएको पाच महिना पछि अहले देशमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । त्यसो त प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु अहिले पनि यस क्षेत्रमा घरदैलो गरिरहेका छन् तर उ वेला यस क्षेत्रका जनतामा जुन उत्साह थियो त्यो उत्साह अहिले पटक्कै देखिन्न ।

चुनाव प्रति जनतामा जाँगर नभएरै होला अहिले सम्म गौरीगँज बजारमा कुनै पनि राजनैतिक दलले चुनावी माहौल तताउन सकेको छैन । छिटपुट चुनावी सभा र कार्यकर्ता भेटघाट बाहेक दलका ठठुला नेता यस क्षेत्रमा आएका पनि छैनन् । गत कार्तिकमा एमाले अध्यक्ष केपी वली गौरीगँज टेकेका थिए तर एक घण्टापनि बसेनन् । स्थानीय शिव मन्दिरको सभाहलमा उपस्थित लगभग ४ सय जनालाइ सँवोधन गरेर उनि फर्किए । गत हप्ता केपी वलीका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारी पनि गोरीगँजको चुनावी सभालाइ सँवोधन गर्न अइ पुगेका थिए । गौरीगँज चोकको उनको चुनावी सभामा झन भाषण सुन्ने ३ सय मानिसपनि भेला भएन । पछिल्लो समय मा गत शनिवार राजपाले केन्द्रिय नेताहरु राधा शर्मा लायतकाहरुलाइ गौरीगँजमा उतारेर आमसभा कै आयोजना गर्यो तरपनि भाषण सुन्ने मानिस जुटेन ।

सभा जुलुसको माहौल बन्न नसके पछी अहिले प्रदेश सभाका उम्मेद्वारहरु केहि कार्यकर्ताहरुलाइ साथमा लिएर भोट माग्दै जनताको घरखेत धाइरहेका छन् भने प्रतिनिधि सभाका उम्मेदवारहरु गौरीगँज क्षेत्रमा विरलै मात्र देखा पर्ने गरेका छन् ।

चुनावी माहौल मात्र हैन अहिले गौरीगँजका अड्डा कार्यालयहरु समेत सुनसान बनेका छन् । दिनहु जसो सयौको सँख्यामा आउने सेवाग्राहिहरु अहिले दर्जनको सँख्यामा झरेका छन् ।

केहि दिन अघि इलाका प्रशासन कार्यालय गौरीगँजका प्रमुख यज्ञ प्रसाद आचार्यले अफ्नो फेसबुकमा चुनावले गर्दा सेवाग्राहि अत्यन्तै न्युन आउन थालेको कुरा लेखेका थिए । गौरीगँज गाउपालिकाका कास अनिल यादवका अनुसार अहिले कार्यालयमा सेवा लिन दैनिक पाच जनापनि नआउने गरेको कुरा बताएका छन् । उनि भन्छन् – दशै अगाडि सम्म कार्यालयमा निकै भिडभाड हुन्थ्यो । अनुसुची फारम भ्ने र अन्य कागजात तयार गर्न भ्याइ नभ्याइ हुन्थ्यो । अहिले सेवाग्राहि कुर्दा कुर्दा अल्छि लागेर आउछ ।

त्यसो त अहिले गाउपालिकाको कार्यालयमा न त जनप्रतिनिधि हरु भेटिन्छन् न त सितिमिति कर्मचारीहरु नै । जनप्रतिनिधिहरु दलका कार्यक्रमहरुमा सहभागि हुदै भोट माग्न ब्यस्त छन् भने कर्मचारीहरु निर्वाचन आयोगको तालिम र वैठकहरुमै ब्यस्त छन् ।

स्थानीय युवा अशोक थापा भन्छन् – चुनावले गर्दा मात्र गौरीगँज शुनशान भएको होइन । अहिले मानिसहरु धान काट्नमा ब्यस्त छन् त्यसैले चहलपहल बजार र कार्यालयहरुमा चहलपहल घटेको हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |