आफूले दिएको भोटको मूल्य प्रत्येक दिन मागे विकास सम्भव छ आफ्नै जीवनकालमा
I
- डिजे शाह
कांग्रेस हारेर र वाम गठबन्धन जितेर *नेपालीलाई केही फरक पर्दैन ...जब देशमा Zero Tolerance on Corruption, राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन, सामाजिक न्याय, क्षेत्रीय विकास, सवल र स्मार्ट कर्मचारीतन्त्र, Small & Medium Enterprises Development, Venture of Big Industries, Fair Recruitment System, Political Appointment on the basis of Caliber, Economic Diplomacy जस्ता कुराहरु सुनिश्चित गराउदै अगाडि बढ्दैन जोसुकै जिते वा हारे पनि केही फरक पर्दैन । अहिलेको जित र हार केवल १% को हो । हालसम्म ९९% नेपाली जनता हारेकै छन् र हालैको चुनाव र भावी बन्ने सरकारको विषयमा नेपाली जनता आशावादी छन र हुनुपनि पर्छ । अब भोट दिने काम सकियो तर भोटको मुल्य अब प्रत्येक दिन मागी राख्नु पर्छ ।
नेपाली जनतालाई हालसम्म पनि अध्यारोमै राखेका छन, अब जवाफ माग्न सडक र सदन दुबै ठाउँमा जान पछि पर्नु हुँदैन । अब पहिला जस्तो भोट दिएर निदाएर हुँदैन । अस्ति जसरी जिताउन आफ्नो काम काज छोडेर रयाली, कोणसभा, चुनावी माहोल बनाएर हिड्यो त्यसरी नै अब आफ्नो भोटको अधिकारको लागि घरमा चुप लागेर बसेर हुँदैन । फेरी पनि नेपाललाई राजनैतिक अस्थिरता, भ्रष्टाचार, सतको हालीमुहाली, सावजनिक पद र सम्पतिको दुरुपयोग, केही वर्ग, व्यक्ति, समुदायको हालीमुहाली, कमजोर र परम्परागत कर्मचारीतन्त्र, भागबन्डा, आदि इत्यादीको कुलत, दलदलमा छोड्न दिनु हुँदैन I चुनाव सकियो तर वास्तविक भोटको मूल्य आएको छैन र वास्तविक भोटको मूल्य नाउन्जेलसम्म कसैलाई पनि छोड्नु हुँदैन ।
विकास सम्भव छ आफ्नै जीवनकालमा । आफुले दिएको भोटको मूल्य प्रत्येक दिन मागे, विकास सम्भव छ आफ्नै जीवनकालमा ।
- (dj.lifetunes@gmail.com)



