गौरीगँज क्याम्पसको २६औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

२ पुस गौरीगँज । गौरीगँज क्याम्पसले आफ्नो स्थापनाको २६औ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरि मनाएको छ । आज एक औपचारिक कार्यक्रम गरि बार्षिकोत्सवको समापन गरिएको छ । गौरीगँज गापा अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्व र झापा ५ प्रदेशसभा क का नव निर्वाचित सँसद हिक्मत कार्किको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा क्याम्पस प्रमुख सर्वतलाल राजवँशीले क्याम्पसको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा बोल्दै सँसद कार्कीले गँरीगँजको सहरीकरण सँगै गौरीगँज क्याम्पसलाइ नया सँरचनामा लान आफ्नो भरमग्दुर प्रयास रहने बताए भने गापा अध्यक्ष बाबुराजा श्रेष्ठले क्याम्पस हितका लागि गौरीगँज गाउपालिका सदा तत्पर रहने बताएका थिए । बार्षिकोत्सव कार्यक्रममा विभिन्न खेल प्रतियोगिता तथा उत्कृष्ट क्षात्र क्षात्राहरुलाइ पुरस्कार तथा क्षात्रबृती वितरण गरिएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |