बलबहादुरले एलिसालाई यसपालि त बिहे गर्ने हो भने पछी

मदन राजवँशी मनप्रीत । ३ पुस गौरीगँज । झापाली गायक बलबहादुर राजवँशीको नया म्युजिक भिडियो "यसपालि त बिहे गर्ने " आज युट्युब मार्फत रिलिज गरिएको छ । रिलिज भएको आज पहिलो दिन नै भिडियो ले २५ हजार भन्दा बढी भ्युअर पाएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना र हरि लम्सालको सँगित सँयोजनमा तयार भएको गितमा बलबहादुरको आफ्नै स्वर रहेको छ ।

भिडियोलाई भने निर्मल लामाले निर्देशन गरेका छन् भने यसमा भीमफेदी गाईज, एलिसा राई र सुशिला निरौलाले अभिनय गरेका छन्

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |