प्याब्सनको झापा क्षेत्र नँ ८ स्तरिय साँस्कृतिक कार्यक्रम सम्पन्न

गौरीगँज । ६ पुस । निजि तथा आवासिय विद्यालयहरुको छाता सँगठन प्यावसन झापाले आयोजना गरेको झापा क्षेत्र नँ ८ स्तरिय विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गौरीगँज ३ स्थित श्री ज्ञानोदय आवासिय माविमा आयोजना गरिएको सो कार्यकेरममा १२ बर्ष मुनिका विद्यार्थीहरुको गायन प्रतियोगिता‚ १२ वर्ष माथिका विद्यार्थीहरुको गायन प्रतियोगिता‚ तयसै गरि १ देखि ४ कक्षा सम्मका विद्यार्थीहरुको नृत्य प्रतियोगिताऽ ५ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुको नृत्य प्रतियोगिता र ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुको नृतर्य प्रतियोगिता सँचालन गरिएको थियो ।

१२ वर्ष माथिका सिनियर गायन प्रतियोगितामा ज्ञानोदय मावि गौरीगँज प्रथम भएका छन् भने इमिनेन्ट कँचनजँघा दोश्रो र गोल्डेन सनराइज तेश्रो भएका छन् । त्यसैगरि १२ बर्ष मुनिका जुनियर गायन प्रतियोगितामा हिमाली मावि प्रथम‚ गोल्डेन सनराइज दोश्रो र नमुना मावि तेश्रो भएका छन् । त्यसै गरि कक्षा ९ देखि १२ सम्मका सिनियर नृत्य प्रतियोगितामा हिमाली मावि प्रथम‚ माउन्ट एभरेष्ट दोश्रो र मुनलाइट उकेडेमी तेश्रो भएका छन् । बक्षा ५ देखि ८ सम्मका मिड नृत्य प्रतियोगितामा हिमाली मावि प्रथम‚ माउन्ट एभरेष्ट दोश्रो र देवकोटा मावि तेश्रो भएका छन् भने कक्षा १ देखि ४ सम्मका वुनियर नृत्य प्रतियोगितामा माउन्ट एभरेष्ट प्रथम‚ सुर्य किरण दोश्रो र हिमाली मावि तेश्रो भएका छन् ।

कार्यक्रम बुधवार र विहिवार गरि दुइ दिन आयोजना गरिएको थियो भने कार्यक्रममा प्याव्सनका झापा सभापति कोषराप प्याकुरेल गँरीगँपका स्थानिय सरकार प्रमुख बाबुराजा श्रेष्ठ उपप्रमुख दिपेन्द्र थापाऽ प्यनवसन झापा क्षेत्र ८ सल्लाहकार कमलेश्वर राजवँशी लगायतको उपस्थिती थियो भने हजारौ अभिभावक तठ्ठा ३७ वटा विद्यालयका हजारौ विद्यार्थीहरु दर्षकका रुपमा साथ दिएका थिए । कार्यत्ब्रमको सँचालन भने कल्पना थापा र गऊगाराम ले सँचालन गरेका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |