श्रीमती हत्या गरेको आरोपमा गाउलेद्वारा यादब पक्राउ

गौरीगँज, पुस ३ । ठेकिटोल सुदामभिट्टाका हरि यादबलाई गाउलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । गत बर्ष कार्तिक ८ गते उनकी श्रीमती फुलोदेवी यादब झुण्डिएको अबस्थामा फेला परेकी थिइन् । त्यस बेलादेखि नै निज यादब घरबाट भागेर लुकि बसेको थिए र केही दिन यता यादब घर आएको थाहा पाई गाउलेले पक्राउ गरेका हुन् ।

पोस्टमार्टम रिपोर्टमा उनकी श्रीमतीले आत्म हत्यानै गरेको देखिए पनि निज हरि यादबले कुटेर श्रीमतीको हत्या गरेको गाउलेहरुको दावि छ । "श्रीमतीले आत्म हत्या गरेको हो भने श्रीमान किन लुकेर बस्नु ?" - स्थानीय युवा तथा राजनितीकर्मी यादब रिजालले प्रश्न गरे । उनले थपे - "पैसाको चलखेलमा पोस्टमार्टम रिपोर्टमा आत्महत्या बनाईयो ।" घटना स्थलमा देखिएको रगत र प्रकृतीले पनि यो आत्महत्या नभई हत्या नै भएको दावी छिमेकीहरुको छ ।

प्रहरीलाई जिम्मा लाएपछी सयौ गाउलेहरु हत्यारालाई कार्वाही गर, श्रीमती मार्ने यही हो, श्रीमती मार्न पाईदैन लगायतका नारा लाउदै जुलुस सहित ईलाका प्रहरी कार्यालय गौरीगँज पुगेका थिए भने गाउलेहरु मिलेर भोली ईलाका प्रहरी कार्यालयमा यादब विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |