पुजन न्यौपाने । महाभारा । १८ मँसिर । शौचालय सँवन्धी जनचेतना फैलाउन महाभाराको कुञ्जीवारी बजारमा सडक नाटक बुद्धिको विर्को प्रस्तुत गरिएको छ । आदिवासी राजवँशीहरुको बाहुल्यता रहेको कुञ्जीवारी मा सो नाटक स्थानीय राजवँशी भाषामा नै प्रस्तुत गरिएको थियो ।
दस महिना अघिबाट सगरमाथा सामुदायिक विकास केन्द्रले गँरीगँज गापा क्षेत्रलाइ खुला दिसा मुक्त क्षेत्र बनाउने अभियान थालेको छ । अभियानको अव लगभग एक महिना मात्र बाकी रहदा समेत पुरै गाउपालिका क्षेत्रमा शौचालय अभियान सफल हुने सँभावना क्षिण हुदै गए पछी सँस्थाले सडक नाटक बाटै भएपनि जनचेतना फैलाउने अभियानमा लागि परेको हो । सँट्ठथा की अभियानकर्ता छत्रकला दाहाल भन्छिन्– “हामी हिम्मत हारेका छैनौ । दिनरात मेहेनत गरे अभियान कसो सफल नहोला”



