म सरकारको नोकरी छोडेर जनताको सेवा गर्न आएको हुँ – अधिकारी

गौरीगँज । १७ मँसिर । झापा क्षेत्र नँ ५ प्रतिनिधि सभाका नेपाली काँग्रेसका उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारीले मौन अवधि शुरु हुनु पुर्व आफु सरकारी नोकरी छोडेर जनताको सेवा गर्न आएको कुरा बताएका छन् । गौरीगँज चोकमा आयोजित चुनावी सभालाइ सँवोधन गर्दै उनले केपी ओली प्रति व्यँग्य समेत प्रहार गरेका छन् । ओलीले केहि दिन अघि एक कार्यक्रममा आफ्नो प्रतिद्धन्द्धी नै नरहेको अभिव्यक्ती दिएको प्रति कटाक्ष गर्दै ओलीलाइ बुढेसकालले छोएर रतनेधी समेत लागेकाले उनले यस क्षेत्रमा आफ्नो प्रतिद्धन्द्धी नदेखेको भनि व्यँग्य गरे ।

आज चुनावी प्रचार प्रसारको अन्तिम दिन विजय शर्मा सदानन्द गिरी र देवनारायण ठाकुर लगायतकाले अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |