गौरीगँज बजार क्षेत्रमै पुगेन मतदाता शिक्षा । गाउ तिर के हाल होला ?
मदन राजवँशी मनप्रीत
१८ मँसिर गौरीगँज । गौरीगँज चोक कि रिता सँग्रौला अन्यौलमा छिन् । मँसिर २१ गते कुन कुन मतपत्रमा कसरी छाप लाउने भन्ने कुरामा उनि अनभिज्ञ छिन् । त्यसै गरि गौरीगँज चोक कै श्रीलक्ष्मी श्रेष्ठ (गुभाजु) पनि मँसिर २१ गतेको चुनावमा कति वटा मतपत्रमा कतिवटा छाप लगाउने भन्ने बारे अनभिज्ञ छिन् । यि दुई जना मात्र हैन गौरीगँज बजार क्षेत्रका सयौ मानिस छन् जसलाई यो पालाको मतदान प्रकृया बारे जानकारी छैन ।
गौरीगँज बजारका पवन दासका अनुसार बजार क्षेत्रमा कुनै मतदाता शिक्षा स्वयम् सेवि आएका छैनन् । गौरीगँज बजार कै जेष्ठ नागरिक चन्द्रकला कोईरालाको समेत यहि गुनासो छ ।
निर्वाचन आयोगले तालिम र भत्ताको ब्यवस्था गरि घर घरमा मतदाता शिक्षा दिन एक दर्जन भन्दा बढी स्वयम् सेविहरु यस क्षेत्रमा खटाएका छन् । तर ति स्वयम् सेविहरु केही सार्वजनिक स्थलहरुमा केही पोस्टर पम्प्लेट टासेर झार्रा टार्ने र भत्ता पचाउने काम मात्र गरेको गुनासोहरु आउन थालेको छ । स्वयम् सेविहरु मतदाताको घर घर नपुगेकाले र धेरै जना अनभिज्ञ रहेकाले यसपालि धेरै मतदाताको मत बदर हुन सक्ने कुरा गौरीगँज कै प्रकाश कार्कीको भनाई छ ।
यातायात ब्यावशायि टिकाराम गिरीका अनुसार गाउमा कुनै स्वयम् सेवि नआएको तर भोट माग्न आएका नेता कार्यकर्ताहरु बाटै आफुले भोट हाल्न सिकेको कुरा बताए ।
वडा नँ ३ अन्तर्गत नै पर्ने ठेकिटोल बजारमा समेत कुनै स्वयम् सेवि नपुगेको गुनासो स्थानिय किरण ढुँगेल उदय माझी र रोजिना भण्डारीको छ ।
वडा नँ ३ का लागि ६ जना मतदाता शिक्षा स्वयम् सेविहरु २० दिन अघिदेखि नै परिचालित छन् । उता हुकागाछी र वडा नँ एक महाभारा मा समेत मतदाता शिक्षा नपुगेको गुनासो स्थानिय लक्षमी प्रसाद राजवँशी र कृष्ण धमलाको छ.
भनसुन र पहुचका आधारमा स्वयम् सेवि छनौट गरिएकाले नै यिनीहरु घर घर नपुगि भत्ता पचाउने काम मात्र गरेको गुनासो स्थानियहरुको छ ।



