भोलीदेखि तीन दिन मदिरा बेच्न नपाइने
गौरीगँज । १८ मँसिर । हिजो निर्वाचन आचार सँहिता अनुगमन टोली क्षेत्र नँ ५ का प्रमुख खेमराज ओझाको सँयोजकत्वमा इलाका प्रशासन कार्यालय गौरीगँजमा बसेको अचार सँहिता कार्यन्वयन सँवन्धी बैठकले भोली मँसिर १९ गतेदेखि २१ गते सम्म तिन दिनका लागि गौरीगँज भरी मादक पदार्थ बिक्री वितरणमा पुर्णतया रोक लगाउने निर्णय गरेको छ ।
यस अवधि भरी कसैले मदिरा बिक्री वितरण गरि अचार सँहिता उलँधन गरेको पाइएमा कानुन बमोजिम सजाय गरिने कुरा इलाका प्रहरी कार्यालय गौरीगँजका प्रहरी निरिक्षक नारायण गौतमले जानकारी दिएका छन् । उनले सवै मदिरा ब्यापारीलाइ यसबारे सुचना गरि सकेको समेत बताएका छन् भने गौरीगँज गाउपालिकाले समेत यसबारे प्रचार प्रसार माइकिड् समेत गरेको छ ।
गौरीगँज गापाका प्रमुख बाबुराजा श्रेष्ठ इलाका प्रसाशन कार्यालयका प्रमुख यज्ञ प्रसाद अचार्य सशस्त्र प्रहरी बलका स प्र नि शशि भारती नेपाल प्रहरीका प्र ना नी राजु निरौला तथा काँग्रेसका तर्फ बाट निरज अग्रवाल मखना महतो एमालेका तर्फ बाट श्याम ढकाल र माओवादीका तर्फबाट कुल प्रसाद गिरीको समेत उपस्थितीमा सम्पन्न सो बैठकले कानुनले तोकेको मौन अवधि लाइ सवै राजनैतिक दलहरुले पालना गर्ने समेत निर्णय गरेको छ ।
यसै गरि चुनाव आउन चार दिन मात्र बाकि रहदा गौरीगँजको सुरक्षा ब्यवस्था अत्यन्तै चुस्त र कडा पारिएको कुरा प्रहरी निरिक्षक गौतमले बताएका छन् । केहि दिन अघि भारतिय प्रहीको समेत उपस्थितीमा बसेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त बैठकले चुनावको बेला सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधिलाइ मध्य नजर गरि सीमा क्षेत्रमा समेत सँयुक्त गस्ती टोली परिचालन गरिएको समेत जानकारी दिएका छन् ।
भीली १९ गते देखि २१ गते सम्म ७२ घण्टाका लागि सीमा नाकाहरु समेत बन्द गरिने छ ।



