अग्रवाल र रिजाल पनि कम्रेड (नामावली सहित)

गौरीगँज । १७ मँसिर । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन पाच दिन मात्र वाकि रहदा नेपाली काँग्रेस गौरीगँजका पुराना नेताहरु बिजय अग्रवाल , विश्वराज रिजाल महेन्द्र रिजाल सहित पचासौ जना आज एमालेमा प्रवेश गरेका छन् । बिजय अग्रवाल नेपाली काँग्रेसका महा समितीका पुर्व सदस्य थिए भने बिश्वराज रिजाल तत्कालिन गौरीगँज गाउपँचायतका पुर्व प्रधान पँच हुन । त्यसै गरि महेन्द्र रिजाल नेपाली काँग्रेसका का भातृ सँगठन किसान सँघका गौरीगँज अध्यक्ष थिए । आजै नेपाली काँग्रेसका कृयाशिल सदस्यहरु राजु दास, कमला रीजाल र मुक्ती गिरी पनि एमालेमा प्रवेश गरेका छन् ।

त्यसै गरि गौरीगँज काँग्रेसका बायोबृद्ध नेता घनश्याम रिजालका छोरा धिरज रिजाल र बुहारी शुष्मा रिजाल पनि एमालेमा प्रवेश गरेका छन् ।

आज एमालेमा प्रवेश गर्नेमा रामनारायण दास, उमानाथ भण्डारी, सन्त ताजपुरिया चैती ताजपुरिया मनमाया ताजपुरिया , शान्ता सुवेदी लगायत पचास भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गरेपछी अग्रवालले नेपाली काँग्रेसमा बसेर सामाजिक कार्य गर्न असहज भएकाले आफुले काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको प्रतिकृया दिएका छन् । सँयुक्त बाम गठबन्धनले आज गौरीगँजमा आयोजना गरेको आमसभामा पुर्व साँसद दिपक कार्कीले नव प्रवेशी कम्रेडहरुलाई अविर माला लगाई दिएर स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्नेहरुको नामावली

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |