खजुरगाछी बजारमा एमाले - काँग्रेस बिच झडपको अवस्था ।

खजुरगाछी । १६ मँसिर । नेपाली काँग्रेस र एमालेले एकै स्थानमा चुनावि सभा आयोजना गरेपछी खजुरगाछी बजारमा दुई दल बिच झण्डै झडपको अबस्था सिर्जना भएको छ । खजुरगाछी चोकको पुजा मिष्टान भण्डार अगाडी काँग्रेस ले र सोहि चोकमा बिन्दु स्टुडियो अगाडी एमालेले चुनावि सभा आयोजना गरेका थिए ।

बेलुकि ३ बजे तिर काँग्रेसले कोणसभा शुरु गरेका थिए भने एमाले ले शुरु गरि सकेको थिएन । करिब चार बजे तिर काँग्रेसको कोणसभा चलि रहेको बेला एमालेले डिजे बजाएर नाचगान गर्न थालेपछी दुई दलका कार्यकर्ता बिच झडपको अबस्था सिर्जना भएको थियो ।

करिब १० मिनेट जति दुबै दलका कार्यकर्ता बिच तनाब उत्पन्न भएपछी सयौका सँख्यामा पुगेका सुरक्षा कर्मीहरुलाई स्थिती सँहाल्न हम्मे हम्मे परेको थियो । तनाव पछी नेपाली काँग्रेसले पनि डिजे बोलाएर सोही चोकमा नाचगान शुरु गरेका थिए । दुई दलको प्रतिस्परधाका कारण सो चोकमा आज शनिबार हटियाको दिन सबारी आबागमन केहि बेर अबरुद्ध भएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |