बन्द हुँदै गौरीगँजको सबैभन्दा पुरानो स्टुडियो

मदन राजवँशी मनप्रीत, गौरीगँज | गौरीगँज र आसपासका क्षेत्रमा तिस चालिस र पचासको दशकमा जन्मेर अलइन्डिया रेडियो अनि रेडियो नेपाल सुन्दै हुर्केका पुस्ताका सायदै कोहि होलान जसले प्रधान स्टुडियोमा फोटो नखिचेको होस । आफ्ना किशोरवयमा साथीहरुसँग प्रधान स्टुडियोमा खिचेका सम्झनाका प्रतिविम्वहरु अहिलेपनि यस क्षेत्रका मानिसहरुको घरघरका एलवम र भित्ताहरुमा सजिएका होलान् । आफ्नो स्थापनाको पचास वर्ष भन्दा लामो सफल ब्यावशायिक इतिहास बोकेको गौरीगँज ३ खजुरगाछीको सोहि प्रधान फोटो स्टुडियो यहि मँसिर १५ गते शुक्रबार देखी पुर्ण रुपमा बन्दै हुदै छ । डिजिटल प्रविधि अनि एन्डड्रोएड मोवाइलको विकास सँगै स्टुडियोमा गएर फोटो खिच्ने प्रचलन हराउदै गएपछी यो स्टुडियो पुर्ण रुपमा बन्द हुन लागेको हो ।

वि सँ २०२८ साल तिर सानो काठले बारेको कटेरो जस्तो कोठामा स्थापना भइ चालिसको दशकको मध्य तिर आइ पुग्दा यो स्टुडियो यस क्षेत्रकै सुविधा सम्पन्न आधुनिक स्टुडियोका रुपमा आफ्नो पहिचान बनाइ सकेको थियो । चालिसको दशकको शुरुवातमा श्याम स्वेत बक्स क्यामेरा लाइ विस्थापित गरि रिल वाला रँगिन क्यामेरा भित्रिएपछी फोटोग्राफिको शौखिन युग शुरु भएको थियो । त्यस ताका यस भेगमा मनकामना स्टुडियो गोपाल स्टुडियो श्रेष्ठ स्टुडियो जस्ता थुप्रै प्रतिस्पर्धी स्टुडियोहरु खुलेका थिए । तर गौरोगँजमा व्यावशायिक रुपमा फोटोग्राफीको जग वसाल्ने काम यिनै प्रधान स्टुडियोका सँचालक ध्रुव प्रधानले गरे ।

चालिसको दशक पछि अझ भनौ ४८ सालको राजनैतिक परिवर्तन पछि खुल्दै गएको बन्द नेपाली समाजमा हरेक विशेष कार्य र समारोह लाइ फोटोग्राफीको माध्यम बाट पछिसम्म एलबममा सजाएर राख्ने चलन् सामान्य र मध्यम वर्गिय पिरवारमा समेत आइसकेको थियो । यस अघि विशेष समारोहलाइ कैद गरेर राख्ने चलन ठालु घराना भित्र मात्र समित थियो ।

ध्रुव प्रधान यस क्षेत्रको फोटोग्राफीका एक जिउदा इतिहास हुन् । यिनी यस क्षेत्रका सार्वजनिक मामा हुन् । यिनि सँग परम्परागत ठुलो रीलवाला ब्लेक एण्ड ह्वाइट बक्स क्यामेरा देखि पछिल्लो पुस्ताको मेमोरी कार्डवाला डिएसएलआर डिजिटल क्यामेराको समेत अनुभव छ । २८ सालको विद्यार्थी आन्दोलन ३६ सलको बहुदल निर्दलको जनमत सँग्रह किसान आन्दोलन र पछिल्ला दुइ जनआन्दोलन हरु समेत गौरीगँजको सेरोफेरोमा झेलेका प्रधान अव गौरीगँजबाट सपरिवार विदा हुदैछन् । विसको दशकको अन्त्यमा आडबोर्ड पेपरको ब्लेक एण्ड ह्वाइट फोटो बाट शुरु भएको उनको ब्यावशायिक यात्रा अहिलेको डिजिटल फ्लेक्स प्रिन्ट सम्म आइ पुग्दा गौरीगँजलेपनि निकै आरोह अबरोह खेपेको छ । उनको बहिर्गमनले गौरीगँजको एउटा एतिहासिक बाल खण्डको अन्त्य भएको छ । उनको भावि जीवनको सफलताको लागि खबर गौरीगँज शुभकामना ब्यक्त गर्दछ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |