सिम्पल खरेलको "जाउला रेलैमा" सार्वजनिक

गौरीगन्ज | मोडेल सिम्पल खरेलको कोरियोग्रफी र निर्देशनमा तयार भएको "जाउँला रेलैमा, माँया तिम्रो साथैमा" बोलको गीत गायक कमल खत्रीको युटुब च्यानलमार्फत आज सार्वजनिक भएको छ ।

गायक कमल खत्रीको स्वर, शब्द तथा संगितमा सजिएको उक्त गीतमा ग्रामीण समुदायमा रहेको जातिय भेदभाव र माया प्रेममा गाउलेहरुले जातभातको कुरा निकालेर गाउमा बस्न नसक्ने स्थिति आएपछी दुबै रेलमा चढी हिडेको कारुणिक कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा सिम्पल खरेललाई गायक कमल खत्रीले अभिनयमा साथ दिएका छन । हरि हुमागाईले खिचेको भिडियोको निशान घिमिरेले सम्पादन गरेका छन भने रिकेश गुरुङ गीतका एरेन्जर हुन ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |