गौरीगँजमा गाँउसभा बस्ने अन्तिम तयारी हुदै

११ पुस । गौरीगँज । झापाको गौरीगँज गाउपालिकाले पुसको अन्तिम साता गाउसभा बस्ने गरि तयारीमा जुटेको छ । बार्षिक निती तथा कार्यक्रम तर्जुमा गर्नेगरि बस्ने गाउसभाको तयारी अन्तिम चरणमा रहेको कुरा गाउपालिका सदस्य हेमा आचार्यले वताएकी छन् ।

“सवै वडाहरु बाट योजना छनौट भएर आइसकेको छ ।” स्थानिय सरकार प्रमुख बाबुराजा श्रेष्ठ भन्छन् – “ १८ गते हामी छलफल गरेर गाउसभाको मिती तय गर्छौ । सँभवत: हामी पुस २६ गते गाउसभा डाक्छौ ।”

गत साउन २६ गते नै गौरीगँज गाउपालिकाले गाउसभा डाकेको थियो तर वडाध्यक्षहरुको आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रतिकुल मौसमको कारण देखाउदै गाउसभा स्थगित गरिएको थियो ।

यता गाउसभा वस्ने अन्तिम तयारी भइरहदा गौरीगँजको वडा नँ ३ ले दिर्घकालिन योजना सँचालन गर्न ५ वर्षे योजना तर्जुमा गोष्ठी गर्ने भएको छ । वडाध्यक्ष मखना महतो का अनुसार गोष्ठीका माध्यमबाट ५ वर्षे योजना छनौट गर्न सकिएमा दिर्घकालिन विकासका कामहरु गर्न सजिलो हुने कुरा बताएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |