दिर्घकालिन रणनितिहरु ब्यवस्थित रुपमा अघि वढाउनकालागि वडा कार्यालयले विहिवार देखि लगातार ३ दिन सम्म योजना रणनिती विज्ञ प्रकाश पोख्रेलको सहजिकरणमा स्थानीयहरुलाइ सहभागि गराइ वडा स्तरीय ५ वर्षे रणनितिक कार्यशाला गोष्ठीको आयोजना गर्यो ।
पहिलो दिन आन्तरिक छलफल गरिएको थियो भने दोश्रो दिन विभिन्न सँघ सँस्थाका प्रतिनिधि तथा वुद्धिजिविहरु सँग परामर्श गरि योजना समस्या र समाधानको उपाय खोजिएको थियो । त्यसैगरि शनिवार अन्तिम दिन स्थानीय व्यापारी कृषक तथा पेशा कर्मीहरु सँग छलफल गरि योजनाहरु छनौट गरिएको थियो ।
गाँउको योजना छनौटमा पहिलो पटक विज्ञ र वुद्धिजिविहरुलाइ सहभागि गराएकोमा गौरीगँज क्याम्पसका प्रमुख सर्वतलाल राजवँशीले वडाध्यक्ष मखना महतोको कार्यशैलीको प्रसँसा गरे । गौरीगँज मा विका प्र अ गोविन्द घिमिरेले विज्ञ वुद्धिजिवि तथा स्थानीयहरुको सहभागितामा योजना छनौट गरिदा यसले यहाको विकाशमा दिर्धकालिन प्भाव देखिने कुरा वताए ।
कार्यक्रमको सहजिकरण काठमाण्डौ बाट आएका योजना विज्ञ प्रकाश पोख्रेलले गरेका थिए भने उनलाइ वडा नँ ३ का वडा सचिव विरेन्द्र खड्का र आठमौजा सहकारीका अर्जुन दँगालले सहयोगि भुमिका खेलेका थिए ।
छनौट गरिएका योजना र सुझावहरुका आधारमा विज्ञ पोख्रेलको सहयोगमा ५ वर्षे योजनाहरुको प्रस्तावना तयार पारी योजनाहरु अघि वढाउने कुरा वडाध्यक्ष मखना महतोले वताएका छन् ।



