मदन राजवँशी मनप्रीत
गौरीगँज । यो पालाको चुनावमा एमाले माओवादी र अन्य साना दलका बाम गठवन्धन र काँग्रेस फोरम र अन्य साना दलहरुको लोकतान्त्रिक गठवन्धनले देशमा केहि अनौठो खालका सँयवगहरु जुराएको छ । यि अनौठा सँयोगहरु केन्द्रमा मात्र सिमित नभएर तल्ला स्तर सम्मैपनि देख्न पाइन्छ । अघिल्लो पटक स्थानिय तहको निर्वाचनमा पानी बाराबारको स्थानमा रहेका नेताहरु अहिले साझा मञ्चमा अँगालो मारीरहेका सँयोगहरु हाम्रै अगाडि छाइरहेका छन् ।
यो चुनावमा दुइ विपरित शक्तीहरुको गठवन्धन पछि गौरीगँजमा पनि यस्ता अनौठा र अपत्यारीला सँयोगहरु देखिए । गत शनिवार गौरीगँजको अतिथी सदनमा भएको बाम गठवन्धनको चुनावी सभामा एमाले का पुर्व सभासद दीपक कार्की र तत्कालिन महाभारा गाविसका पुर्व अध्यक्ष विजय अग्रवालले एउटै मञ्च साझेदारी गर्दै भाषण गर्न भ्याए । पहिलो सँविधान सभाको चुनावमा यि दुवै जना दुइ विपरित पार्टीका उम्मेद्वार थिए र एक अर्काका प्रतिद्धन्द्धी थिए ।
स्थानीय तहको निर्वाचनका दुइ ठुला प्रतिस्पर्धि हरु बाबुराजा श्रेष्ठ र श्याम ढकालले त अझ यसपालीको चुनावमा कयै पटक मञ्च साझेदारी गर्न भ्याए । थानीय तहको चुनावमा यि दुवै गापा अध्यक्ष पदका दावेदार प्रतिस्पर्धि थिए । दीपक कार्की र विजय अग्रवाल अनि बावुराजा श्रेष्ठ र श्याम ढकाल अहिले बाम गठवन्धनको एउटै डोरीमा बाँधिएका छन् ।
अघिल्लो चुनावमा गँरीगँजको वडा नँ ३ मा वडाध्यक्ष पदका लागि प्रतिद्धन्द्धी भएर लडेका मखना महतो र गँगा राजवँशी समेत अहिले चुनावी सभाको एउटै मञ्चमा अँगालिएर बस्छन् । यिनीहरु अहिले लोकतान्त्रिक गठवन्धनका साझेदारहरु हुन् । यिनीहरु मात्र होइन अहिले अघिल्लो स्थानीय तहको चुनावका थुप्रै प्रतिस्पर्धिहरु अहले एउटै कित्तामा उभिएका छन् । एउ६ कित्तामा उभिनु वा राजनैतिक रुपमा मिल्नु विकासका लागि शुभ सँकेत हुन सक्छ । तर आउदो निर्वाचनको पिरणाम पछी यो एकता कायम रहन्छ या टुट्छ यो त हेर्न बाकी नै छ । आशा गरौ – राजनैतिक अगुवाहरुको एकता यसै गरि कायम रहोस ।



