गौरीगँजका सबै केन्द्रमा मतदानको तैयारी पुरा
२० मँसिर । गौरीगँज गाउपालिकाका सबै केन्द्रहरुमा निर्वाचनको तैयारी पुरा भएको खबरहरु प्राप्त भएको छ । गौरीगँज गाउपालिका मा वडा नँ १ अन्तर्गत ४ केन्द्र , वडा २ मा ३ केन्द्र वडा नँ ३ मा ३ , वडा ४ मा १ वडा ५ मा २ र वडा ६ मा २ केन्द्र गरि जम्मा १५ मतदान केन्द्र रहेका छन् ।
मतदाता परिचय पत्र बितरणको कामपनि सकिएको जानकारी आएको छ तर यस पटक ७० प्रतिशत परिचय पत्र मात्र वितरण भएको जानकारीहरु आएका छन् । त्यस्तै मँगलवार देखि मदिरा बिक्री बितरण गर्न नपाईने सुचना जारि गरिएपनि गौरीगँजमा आज चुनाबको पुर्व सन्ध्यामा खुलेआम मदिरा बिक्री बितरण भईरहेको छ ।



