गौरीगँज गाउपालिकाको निती तथा कार्यक्रम सार्वजनिक

मदन राजवँशी मनप्रीत

गौरीगँज २६ पुस । कृषि, शिक्षा, उध्योग ब्याबशायमा उन्नती गौरीगँज बासीको समुन्नती भन्ने मुल नाराका साथ गौरीगँज गाउपालिकाको यो बर्षको गाउसभा आजदेखि शुरु भएको छ । गाउसभाको आज उदघाटन सत्रमा चालु आर्थीक बर्षका लागि गाउपालिकाको ५५ करोड १८ लाख बजेट सहितको प्रस्तावित निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

गाउपालिकाका उप प्रमुख दिपेन्द्र थापाले प्रस्तुत गरेको निती तथा कार्यक्रममा लगभग सबै क्षेत्रलाई समेटेको प्रतिकृया बिभिन्न सँघ सँस्थाका प्रतिनिधी तथा पुर्व गाविस अध्यक्षहरुले दिएका छन् । तत्कालिन खजुरगाछी गाबिसका पुर्व कार्यबाहक अध्यक्ष हृदय ठाकुरले आज प्रस्तुत निती तथा कार्यक्रम ले सबै पक्ष समेटेपनि भोलि बन्द सत्रमा छलफल पछी आउने बजेट कस्तो हुन्छ ? त्यो हेर्न बाकी छ भनि प्रतिकृ़या दिएका छन् । आज प्रस्तुत निती तथा कार्यक्रममा भोलि देखि छलफल शुरु हुनेछ ।

स्थानिय सरकार प्रमुख बाबुराजा श्रेष्ठको सभापतित्व र क्षेत्र नँ ४ का साँसद एलपी साँवाको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन सत्रमा पुर्व साँसद दीपक कार्की, प्रदेश सभा सदस्य झलक सिँह दर्लामी हीरा थापा लगायतको उपस्थिती थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |