स्वास्थ्य शिविर बाट ८५१ जना लाभान्वित
गौरीगँज । २५ पुस । लायन्स क्लब अफ दमक माउन्ट एभरेष्ट को आयोजना र गौरीगँज गाउपालिकाको सहआयोजनामा गौरीगँज माबि को भवनमा आज सम्पन्न भएको स्वास्थ्य शिविरमा ५९२ जना महिला सहित ८५१ जना ले स्वास्थ्य सेवा पाएका छन् ।
नोवेल अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा भएको सिविरमा बाल राग, मानसिक रोग, हाड जोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक कान घाटी तथा आखा सँवन्घि रोग र प्रसुति तथा स्त्री रोग लगायतका रोगहरुको बिशेषज्ञ सेवा प्रदान गरिएको कुरा लायन्स क्लब अफ दमकका सदस्य एवम् शिविर कोअडिनेटर बुद्धिशेखर भट्टराईले जानकारी दिए ।
लायन्स क्लब अफ दमकका अजय अग्रवालले सर्बसाधारणहरुको सुविधाका लागि स्थानिय स्तरमा स्वास्थ्य सिविर सँचालन गरेको बताएपनि सेवाग्राहीले राम्रो सेवा नपाएको गुनासो गरेका छन् । उनिहरुले पुर्जीमा लेखिएको औषधी नपाएको तथा निशुल्क सिविर भनिएपनि आँखा परिक्षण पछी महँगो शुल्कमा चश्मा किन्नु परेको गुनासो गरेका छन् ।



