आफ्नो साबिक नाम उच्च माध्यमिक बिध्यालय शिक्षक एसोसिएसन नेपाल (Higher Secondary Teachers Association, Nepal ) HISTAN लाई परिबर्तन गरि माध्यमिक बिध्यालय शिक्षक एसोसिएसन नेपाल (High School Teachers Association, Nepal)HISTAN राख्ने भएको छ ।
कार्यक्रमको दोस्रो चरणमा देसको समसामयिक शिक्षा बारेमा छलफल गर्नकालागि आमन्त्रित बिसिस्ठ अतिथीहरु क्रमशः १. शिक्षामन्त्रालयका प्रबक्ता डा. हरि लम्साल , २.पुर्ब शिक्षामन्त्री धनिराम पौडेल ,३. नेकपा एमालेका सचिब योगेस भट्टराई,४.शिक्षा पत्रकार मञ्चका अध्यक्ष भबानिस्वर गौतम र ५.हिस्टान पुर्ब अध्यक्ष सुरेन्द्र थापाले आफ्ना बिचार हरु ब्यक्त गर्नु भयो।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष श्री दिपक राज सुबेदीले हिस्टानको इतिहास बिगतमा गरिएका नीतिगत पहल र उपलब्धी साथै भाबी दिनमा एसोसिएसनले गर्ने कार्यक्रमको बारेमा प्रष्ट पार्नु भयो । विशिस्ठ अतिथि हरुलाइ मायाको चिनो बितरण गरि यहि चैत्र २३ र २४ गते एसोसिएसनको ५ औ महाअधिबेसन हुने निर्णय सुनाउदै सम्पुर्ण समितीहरुलाई आफ्नो जिम्मेवारी प्रभाबकारी रुपमा निर्बाह गरि महाअधिबेसन भब्यताका साथ सप्पन्न गर्न आ-आफ्नो तर्फ बाट योगदान गर्न निर्देशन दिनुभयो । कार्यक्रमको सन्चालन महासचिब पुस्प नेउपानेले गर्नुभएको थियो ।



