गौरीगँज गाउपालिकाले माग्यो सिभिल ईन्जीनियर र सब-ईन्जीनियर

मदन राजवँशी मनप्रीत

गौरीगँज २९ पुस । गौरीगँज गाउपालिकाले गाउसभा सके लगतै एक राष्ट्रिय दैनिक मार्फल एक सिभिल ईन्जीनियर र एक सब-ईन्जीनियरको माग गरेको छ । यसकालागि गाउपालिकाले १५ दिनको समय अबधि राखि दरखास्त आब्हान गरेको छ ।

त्यसो त गत महिना गाउपालिकाको आईटी अफिसरको पदपुर्ती बिबादित रह्यो । यस पटक पनि गाउपालिकाले स्थानिय सँचार माध्यमहरुलाई जानकारी नै नदिई यो बिज्ञापन खुलाएको छ । गाउपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पोखरेलले ईन्जीनियर पदपुर्तीको परीक्षा लिखित र मौखिक दुवै लोकसेवा आयोग मार्फत लिईने भनेका छन् । बिज्ञापन तल हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |