न्याय समितीमा आचार्य र ताजपुरिया

गौरीगँज ६ माघ । गौरीगँज गाउपालिकाले गाउसभा गरे लगतै गौरीगँजको न्याय समितीले पुर्णता पाएको छ । गत पुस २७ गतेको गाउसभाको बन्द सत्रमा छलफल पछी न्याय समितीले पुर्णता पाएको हो । स्थानिय सरकार उपप्रमुख दिपेन्द्र थापाले शुरुदेखि एक्लै सम्हाल्दै आएको न्याय समितीलाई गाउसभाको निर्णयले ३ सदस्यीय बनाईएको छ । समितीमा वडा नँ ३ कि सदस्य हेमा आचार्य र वडा नँ ५ का सदस्य राजेन्द्र ताजपुरिया थपिएका छन् । न्याय समितीको सँयोजकमा भने गापाका उपप्रमुख नै रहनु प्रने कानुनी ब्यबस्था छ ।

अब स्थानिय तहमा हुने हत्या, बलात्कार र राष्ट्रघात बाहेकका अन्य मुद्दा यसै समितीले हेर्ने छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |