गौरीगँज गाउपालिकाले १५ दिनको समय सीमा राखेर गत मँसिर २८ गते आईटी अफिसर आबश्यक्ता सँवन्धी बिज्ञापन आब्हान गरेको थियो ।
सो बिज्ञापन आब्हान पछी ८ जना उम्मेद्वारले निबेदन दिएका थिए भने कार्यकारी अधिकृत राजेन्द्र पोख्रेलको सँयोजकत्वमा बनेको तिन सदस्यीय सिफारिस तथा छनौट समितीले सर्ट लिष्टमा चार जनाको नाम निकालेको थियो । अन्तरवार्तामा भने तीन जना उम्मेद्वार मात्र सहभागि भए । अन्तरवार्तामा सहभागि तिनजना मनिश यादव, सुमन थापा र ध्रुवनारायण ताजपुरिया मध्यो छनौट समितीले सुमन थापाको नाम सफल उम्मेदवारका रुपमा सिफारिस गरि मनिश यादवलाई बैकल्पिक उम्मेद्वारका रुपमा सिफारिस गरेको थियो ।
छनौट समितीको निर्णय प्रकृया सँगत नभएको भन्दै बैकल्पिक उम्मेद्वार मनिश यादवले उजुरी हालेका हुन । तर छनौट समितीले सबै नियम र प्रकृया मिलाएर नै उम्मेद्वार छनौट गरेको दावि छनौट समितीका सँयोजक पोख्रेलको छ । उनले समितीको निर्णयमा चित्त नवुझे उम्मेद्वारले अन्य कानुनी उपचार खोज्न सकिने बताएका छन् ।



