विश्वप्रसाद अधिकारी प्रतिष्ठान द्वारा तीन जना जेष्ठ नागरिक सम्मानित

महाभारा सम्वाददाता । २१ पुस । गौरीगँज १ स्थित विश्वप्रसाद प्रतिष्ठानले स्थापनाको १३औ बार्षिकोत्सवका अबसरमा तिन जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

बाल कल्याण माबिमा आयोजित बार्षिकोत्सवमा जेष्ठ नागरिकहरु हरिप्रसाद कोईराला (कल्याण) , सुरेश पौडेल र कालीप्रसाद राजवँशी सम्मानित भएका हुन् । बार्षिकोत्सबकै अबसरमा प्रतिष्ठानले सो बिद्यालयका उत्कृष्ट बिद्यार्थी तथा शिक्षकहरुलाई समेत पुरस्कार तथा कदर पत्र प्रदान गरेको छ ।

बिब्यस का अध्यक्ष दिनेश्वर राजवँशीको सभापतित्व र गौरीगँज गापाका स्थानीय सरकार प्रमुख बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानको बार्षिक प्रगती प्रतिवेदन विश्वप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । आजै सोहि विद्यालयका ११० जना विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरिएको छ । सुनसरी ईनरुवा निवासी बिष्णु कोईराला र श्रीमती सानु कोईरालाले ति वालवालिकाहरुलाई कपडा बितरण गरेका हुन् । आफ्ना स्वर्गिय दाजु बिजय कोईरालाको स्मृतीमा कोईराला दम्पतीले सो कपडा बितरण गरेको कुरा बताएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |